मंसिर, २६ नवलपरासी । नवलपरासीमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
बुधबार साँझ बर्दघाट सुस्ता पुर्वको देवचुली नगरपालिका(२ दुम्कौलीमा ग १ ख ४७९८ नम्बरको बसले अन्दाजी ४५ वर्षीय पुरुषलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरले जनाएको छ ।
मृतकको सनाखत हुन बाँकी रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
