- बिनोद दर्नाल खबर24नेपाल समाचारदाता
भदौ २६, धरान । प्रथम एन्फा एकेडेमी कप अण्डर-१४ १क नम्वर प्रदेश स्तरिय फुट्बल प्रतियोगिता यही भाद्र २७ बाट एन्फा धरानमा हुने भएको छ । एकेडेमी संचालक समिती, धरान १७ को आयोजना मा प्रथम पटक प्र्देश स्तरिय ,एन्फा एकेडेमी कप अण्डर-१४ धरान मा हुने भएको छ । बिहीवार एन्फा एकेडेमी टेक्निकल सेन्टर मा आयोजित पत्रकार सम्मेलन मार्फत सो जानकारी दिइएको हो ।

खेल यही भाद्र २७ बाट असोज ३ गते सम्म हुने हुने छ । प्रदेश १ भित्र छरिएर रहेका प्रतिभावना बाल खेलाडीहरु लाई उचित अवसर रहेको र बिभिन्न स्थानिय गाउ पालिका , नगरपालिका , उपमहानगरपालिका र महानगरपालिका भित्र फुट्बल संघ को प्रत्यक्ष गतिविधिहरु र प्रतिभावना खेलाडी हरु उत्पादन गर्नका लागि प्रतियोगिता आयोजना गरिएको अध्यक्ष किशोर राइ ले जानकारी दिनु भयो । राईका अनुसार एन्फा एकेडेमीले प्रशिक्षण गराइरहेका १० वटा क्लबले प्रतियोगितामा भाग लिनेछन् । प्रतियोगिताको विजेता टिमलाई नगद ५० हजार, दोस्रो हुने टिमलाई २५ हजार नगद पुरस्कार प्रदान गरिने आयोजक समिति सचिव प्रताप तामाङले बताए ।
त्यस्तै गरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार नगद, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्ड जनही नगद ३ हजार र उत्कृष्ट कोचलाई नगद रु ५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्न प्रदेश सरकार, एन्फा, विराटनगर महानगरपालिका, दुहबी, लेटाङ, इनरुवा, रामधुनी नगरपालिका तथा धरान उपमहानगरपालिकाले आर्थिक सहयोग गरेका छन् । राईका अनुसार यस पटक एन्फा एकेडेमी धरानका खेलाडीहरु विभिन्न प्रतियोगितामा भाग लिन विदेश समेत जाने भन्दै आगामी वर्षदेखि प्रतियोगिताको विजेतालाई समेत विदेशमा खेल्ने अवसर प्राप्त हुनेछ ।
प्रतियोगितामा सुनसरीको एन्फा एकेडेमी धरान
महेन्द्र फुतबल एकेडेमी दुहबी
राष्ट्रिय जागृती क्लब फुटबल एकेडेमी इटहरी
धरान फुटबल क्लब एकेडेमी धरान
न्यू स्टार फुटबल एकेडेमी भरौल
मोरङबाट
विराटनगर फुटबल एकेडेमी विराटननगर
एम्ब्रीय क्लब एकेडेमी
त्यस्तै गरी मेची नेत्रालय झापा,
उदयपुर जिल्ला फुटबल टिम उदयपुर
र श्रीमार्गदेवी युवा क्लब धनकुटाले सहभागीता जनाउने भएका छन् ।