• २०८३ बैशाख १८ गते शुक्रवार

काठ चोरी निकासी मुद्दाका फरार प्रतिवादी पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २५, बारा । एक सदस्यीय वन संरक्षण विशेष अदालत जिल्ला वन कार्यालय रौतहटको २०४९ जेठ २६ गतेको फैसलाले खयर काठ चोरी निकासी मुद्दामा १ वर्ष कैद र ५ हजार ५ सय ४७ रुपैयाँ ५० पैसा जरिवाना ठहर भई फरार रहेका कोल्हवी नगरपालिका-९ बस्ने ५४ वर्षीय हरिचन्द्र चौधरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोल्हवी बाराबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी जिल्ला अदालत बारा कलैयाको २०७३ असार ९ गतेको फैसलाले काठ चोरी निकासी मुद्दामा १ वर्ष कैद र ५ हजार ७ सय ८९ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका कलैया उपमहानगरपालिका-२ बस्ने हरेराम महतोलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले लुकीछिपी बसेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो । दुवै जनालाई जिल्ला अदालत बारामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय वीरगंज पर्सा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस