• २०८३ बैशाख ३१ गते बिहिवार

अमेरिकामा गोलीबारी, पुलिससमेत ६ जना मारिए

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर, २५ एजेन्सी । अमेरिकाको जर्सी शहरमा भएको गोलीबारीमा एक पुलिस अधिकारीसमेत ६ जनाको मृत्यु भएको छ । शहरका मेयर स्टिवन फुलपका अनसार दुई अन्य पुलिसकर्मी घाइते भएका छन् । शहरको ग्रीनविले इलाकामा लगभग एक घण्टासम्म दुईतर्फी गोलीबारी भयो ।

स्थानीय मिडिया अनुसार गोलीबारीको सुरुवात एउटा पसलबाट भयो जहाँ दुई संदिग्धले बन्दुक लुकाएर राखेका थिए । मारिएका पुलिसकर्मी ३९ वर्षका जोसेफ सील्स थिए ।

उनी पछिल्लो १३ वर्षदेखि जर्सी शहरको पुलिसको सेवामा थिए । जर्सी शहरका पुलिस प्रमुख माइक केलीले स्थानीय समयानुसार दिउँसो १२ बजे आसपास गोलीबारीको सुरुवात भएको जानकारी दिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस