कात्तिक २५, काठमाडौं । रजनीकान्तको आगामी सिनेमा ‘दरबार’को मोशन पोस्टर रिलिज भएको छ ।
रिलिज भएको पोस्टरमा रजनीलाई एक्सन गर्दै गरेको देखाइएको छ । सिनेमामा उनी एक प्रहरीको भूमिकामा देखिनेछन् । रजनी २७ वर्षपछि प्रहरीको भूमिकामा देखिन लागेका हुन् ।
सिनेमालाई ‘गजनी’ निर्देशक एआर मुर्गादोशले निर्देशन गरेका हुन् । सिनेमाको मोशन पोस्टर हिन्दी, तमिल, तेलेगु तथा मल्यालम गरी एकसाथ चारभाषामा रिलिज गरिएको छ ।
यी मोशन पोस्टरलाई क्रमशः सलमान खान, महेश बाबु तथा मोहन लालले सेयर गर्दै सार्वजनिक गरेका हुन् ।
सिनेमामा नयनतारा रजनीको जोडी बनेकी छिन् । उनीहरूका अलावा सुनिल शेट्टी तथा प्रतीक बब्बर मुख्य भूमिकामा देखिनेछन् ।