जेठ २८ , काठमान्डौ । SEE परिक्षा अगामै प्रश्नपत्र सार्वजनिक गर्ने १२ जना माथि अख्तियार दुरुपयोग अनुसुन्धान आयोगको कार्यलयले भ्रस्टचारको मुद्दा दर्ता गरेको छ ।
२०७५ सालको २०७५।१२।१० गतेबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (SEE) को अनिवार्य विज्ञान र सामाजिक अध्ययन लगायतका विषयहरूको प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक गरेको भन्ने प्रहरी प्रधान कार्यालय, केन्द्रिय अनुसन्धान ब्यूरोको प्रतिवेदन सम्बन्धमा अनुसन्धान हुँदा ईलाका प्रहरी कार्यालय, कल्याणपुर सिरहामा कार्यरत प्रहरी जवान दिपेन्द्र कुमार मण्डल सहित १२ जनालाई मुद्दा दर्ता गरेको छ ।
२०७५ सालको SEE परीक्षाको प्रश्नपत्र अनधिकृत रूपमा निकाली परीक्षा सुरू हुने निर्धारित समय अगावै सार्वजनिक गरी गैरकानूनी लाभ पुर्याउने बदनियतले प्रश्नपत्रको गोपनियता भंग गरेको , गोपनियता भंग गर्ने कार्यमा सहयोग गरेको र प्रश्नपत्रहरु प्राप्त गरी सुविधा समेत लिएको देखिन आएको हो ।
ईलाका प्रहरी कार्यालय, कल्याणपुर सिरहामा कार्यरत प्रहरी जवान दिपेन्द्र कुमार मण्डल, प्रहरी जवान ब्रम्हा देव सुनरैत, नि.मा.वि. राहत दरवन्दी शिक्षक मनोज कुमार यादव र प्रतिबादीहरू अरोध यादव, विष्णुदेव यादव, राजेश कुमार यादव, श्रवण यादव र ईन्दल यादवहरुले भ्रष्टाचार निवारण ऐन,२०५९ बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा उक्त कार्यमा संलग्न रहेका देहाय बमोजिमको कसुरमा देहाय बमोजिमको सजायको मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसुन्धान आयोगका साहायक प्रवक्ता मदन कोइरालाले बताएका छन् ।