वैशाख २८, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक ४४ वर्षीया बन्दना सोनीलाई १ लाख अमेरिकी डलर सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा जाँच गर्ने क्रममा नेपाल एयरको उडानद्धारा भारतको मुम्वईतर्फ जान लागेकी सोनीले बोकेको ह्याण्डब्यागमा लुकाईछिपाई लैजाँदै गरेको अवस्थामा उक्त अमेरिकी डलर फेला पारी प्रहरीले पक्राउ गरेको हो ।