चैत २८, बुटवल । गुल्मीको मुसिकोट नगरपालिका १ पौदीअमराईमा भएको लु १ ज १९५७ नम्बरको जिप दुर्घटनामा परि पूर्व सासंदसहित दुईजनाको मृत्युु भएको छ ।
दुर्घटनामा धुर्कोट गाउँपालिका–५ निवासी २०४८ मा गुल्मी–४ बाट सांसद पूर्व सासंद रुद्रमणि भण्डारीको घटनास्थलमै मृत्युु भएको हो । दुर्घटनामा परि मालिका गाउँपालिका–१ का रोशन बिकको पनि मृत्युु भएको छ । सडकबाट एक सय मिटरभन्दा तल खसेको जिप बिहीबार बिहान मालिका गाउँपालिकाबाट उक्त बुटवलका लागि छुटेको थियो । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् ।