फाल्गुन २७ धनुषा। जनकपुर उपमहानगरपालिका-१५ स्थित भित्री सडकखण्डबाट एक सय ग्राम सुन र करिब २५ किलो चाँदी सहित भारततर्फ लैजान लागेको आरोप मा दुइ जना युवा पक्राउ परेको जिल्ला प्रहरी धनुषा ले जानकारी दिएको छ ।
भारत मधुवनी बस्ने ३७ वर्षीय कृष्णकुमार महतो र सोही ठाउँ बस्ने ३० वर्षीय रूपेश महतोलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
बिआर ३२ एस ४३५७ नम्बरको मोटरसाइकलमा जाँच गर्ने क्रममा मोटरसाइकलको ट्याङ्की मुनी लुकाईछिपाई राखेको सुन र चाँदी फेला पारी मोटरसाइकल चालक कृष्णकुमार र मोटरसाइकलमा सवार रूपेशलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान भैरहेको बताएको छ ।