बैशाख २७, काठमाडौं । सत्तारूढ नेकपा निकट अनेरास्ववियु र अनेरास्ववियू क्रान्तिकारीले आगामी बजेटमा शिक्षामा २५ प्रतिशत बजेट छुट्याउन माग गरेका छन् । आज राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कंडेल समक्ष ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरूले सो माग गरेका हुन् ।
आज सिंहदरबार स्थित योजना आयोगको कार्यालयमा अनेरास्ववियू (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङ र अनेरास्ववियुका कार्यवाहक अध्यक्ष रश्मि आचार्य सहितको टोलीले सो माग गरेका हुन् ।
यस्तो छ ध्यानाकर्षण पत्र