- सागर थापा
चैत २७, दाङ । जिल्ला प्रहरी कार्यालय दाङले समुदाय प्रहरी साझेदारी कार्यक्रम CPP अन्तर्गत सचेतता मुलक कार्यक्रम गर्ने क्रममा नेपाल प्रहरीले उत्पादन गरेका सचेतता मुलक श्रब्य दृश्य सामाग्री हरु LED TV Monitor मार्फत प्रसारण गर्ने र प्रहरी कार्यालयमा आउने सेवा ग्राहीले हेरुन देखुन र सो सन्देश प्राप्त गरुन् भन्ने उद्देश्यले प्रहरी प्रधान कार्यालय बाटै निर्देशन भै जिल्ला प्रहरी कार्यालय दाङको प्राङ्गण भित्र ५० ईन्चको टि.भि मोनिटर जडान गरिएको छ ।
ट्राफिक नियम सम्बन्धि ,लागू औसध ,घरेलुु हिंसा र बाल बिबाह लगायतका सामाजिक बिकृर्ति बिसंगती विरुद्ध सचेतता मुलुक सामाग्रीहरु प्रचार प्रसार गरिने छ । यसैगरी CPP अन्तर्गत सहकार्य स्थानीय तह वडा,गाउँ पालिका र नगरपालिकाहरुसंग गरिने जिल्ला प्रहरी कार्यलय दाङका प्रहरी प्रमुख एसपि बेल बहादुर पाण्डेले जानकारी दिएका छ्न ।