मंसिर २३ , काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार प्रतितोला रु ५ सयले घटेको सुनको मूल्य सोमबार पनि प्रतितोला रु २ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ७१ हजार तोकेको छ । आइतबार छापावाला सुन प्रतितोला रु ७१ हजार २०० मा खरिदबिक्री भएको थियो ।
