चैत २६, पोखरा । पोखरा महानगरपालिकाको कार्यालय अन्तर्गत नक्सा शाखामा कार्यरत कार्यालय सहायोगी भिमराज शाहीलाई घुस रकम सहित नियन्त्रणमा लिईएको छ ।
घर नक्साको प्रतिलिपि उपलब्ध गराइदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले निज कार्यालय सहायोगी भिमराज शाहीलाई रू.६,०००।– घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । उनको आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।