• २०८३ बैशाख २४ गते बिहिवार

चरेससहित मामा-भान्जी पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

 मंसिर २२,  बागलुङ। बागलुङको निसीखोला गाउँपालिकामा पाँच किलोग्राम चरेससहित दुई जना पक्राउ परेका छन् ।

गाउँपालिका–६ निसीसिपका ३० वर्षीया भागिमला बुढा र उनका मामा पर्ने स्थानीयवासी २५ वर्षीय रामबहादुर साउथोकीलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार मामा–भान्जीबीच चरेस खरीद बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको र दुवैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस