• २०८३ भाद्र १ गते सोमवार

काठमाडौँबाट इटहरीका फर्केका मेयर द्धारिकालाल चौधरीलाई भब्य स्वागत (हेर्नुहोस भिडियो )

पढ्न लाग्ने समय : १ मिनेट

जेठ २५, मोरङ । काठमाडौँबाट गृहनगर फर्केका इटहरीका मेयर द्धारिकालाल चौधरीलाई विराटनगर विमानस्थलमा मालाले भब्य स्वागत गरिएको छ । स्थानीयहरुले फुलको मालाले मेयरलाई स्वागत गरेका हुन ।

इटहरीका मेयर द्धारिकालाल चौधरी चर्चाको शिखरमा छन । पत्रकारलाई धम्की दिएर उनि सबैतिर चर्चित बनेका हुन ।उनले बिकास र समृद्धिमा असल सञ्चारकर्मी को साथ जरुरी रहेको भन्दै आफुले पित पत्रकारको चरित्र र पाखण्ड पत्रकारको बिरोध गर्दा इमान्दार सञ्चार जगतलाई आत्मसम्मानमा ठेस लागेको भए आफू क्षमा प्रार्थी रहेको भन्दै भ्रस्टाचार गर्ने ,समाजमा अपराध गर्ने माफियाहरुलाइ जनताका बिचमा मोसो दलेर टिन ठोक्दै घुमाउने दाबी समेत गरेका छन ।

विभिन्न कमेन्ट मार्फत उनलाई नालाएक, अयोग्य लगायतका कुरा लेखिरहेको र जसको जवाफमा उनले चाटुकार र पत्रुकार लेखेको र केही समय पछि फोन गरेर उनलाई मुख छाडेको र सम्झाउदा-सम्झाउदा आफु थाकेको हुनाले अब गुण्डा गर्दीमा लाग्ने भनेको बताए ।

विभिन्न मिडिया क्षेत्रमा चर्चित भएका इटहरी नगर प्रमुखलाई नगरवासी तथा युवाहरुले गृह नगरमा भव्य स्वागत गरेका छन् ।
हेर्नुहोस भिडियो :

Sharing

प्रतिक्रिया दिनुहोस