- रेशम बहादुर खडका, जाजरकोट समाचारदाता
चैत्र २४, जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकामा पहिलो दिन १ सय ४० जनाले नागरिक्ताको प्रमाणपत्र पाएका छन । गाउँपालिकामा दोस्रो पटक सञ्चालन गरिएको घुम्ति शिविरमा एक दिनमै एक सय चालिसले नेपाली नागरिकताको प्रमाण पत्र पाएका हुन ।
नागरीकताको लागि १ दिनको बाटो हिडेर जिल्ला सदरमुकाम जानुपर्ने बाध्यतालाई मध्यनजर गरि आफनो घर आगनमा नागरिकता अभियान सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्र् कुमार शाहीले जानकारी दिए । हिडेर सदरमुकाम पुगेर नागरिकता बनाउनु पर्ने शिवालयका स्थानियहरुको बाध्यतालाई मध्यनजर गरी गाँउपालिकाको सहयोग तथा जिल्ला प्रशासन कार्यालय कार्यालयले आइतवार देखि शिविरको आयोजना गरिएको प्रमुख जिलला अधिकारी ललीत कुमार बस्नेतले जानकारी दिए ।
दुर्गम गाउँमो दोस्रो पटक डिजिटल प्रविधीबाट शिविरमा नागरिकता वितरण गरिएको प्रजिअ बस्नेतले बताए । शिवालयको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको सहकार्यमा संचालित घुम्ती शिविरमा पहिलो दिन १ सय ४० जनाले नागरिकता, १ सय ३३ जनाले फोटो सहितको मतदाता नामावली, ५ घरेलु उद्योग दर्ता लगाएतका सेवा प्रवाह भएको गाउँपालिकाका अध्यक्ष शाहीले बताए । शिविरमा नागरिकता प्रमाणपत्र , फोटो सहितको मतदाता नामावली संकलन र उद्योग तथा बाणिज्य दत्र्ताको काम सुरु भएको प्रजिअ बस्नेतले जानकारी दिए । शिविर शिवालय गाउँपालिकाको प्रशासकीय केन्द्र सिमा औरेलीमा सञ्चालन भएको छ ।
शिवालय गाउँपलिका ४ की ७० वर्षीय जैसरा बुढालाइ नागरिता दिएर कार्यक्रमको उद्घाटन गरिएको थियो । उक्त शिविर चैत २४ देखि २६ गते सम्म सञ्चालन हुने गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिनुभयो । उपभोक्ता सचेतना तथा सार्वजानिक सुनवाइ हुनेसमेत प्रजिअ बस्नेतले जानकारी दिए ।