- विमल भट्टराई
मंसिर २१, सुनवल । प्रदेश ५ का विभिन्न जिल्लाका धार्मिकस्थलको अवलोकनमा निस्कनुभएका पूर्व राजा ज्ञानेन्द्र शाहले शनिबार पश्चिम नवलपरासीको पाल्हीभगवती मन्दिरको दर्शन गर्नुभएको थियो । पूर्वराजा शाहले पाल्हीभगवती मन्दिरमा विधिपुर्वक पूजाआजा गरेका छन् ।

पुर्व राजा आउने भनेपछि राजाका सर्मथकहरुले शुक्रबार देखिनै गेट निर्माण देखि राजा आउ देश बचाउ लेखिएका व्यानर पनि ठाँउ ठाँउमा टासिएको थियो ।

पुजाआजा पछि संक्षिप्त भनाई राख्दै पुर्वराजा ज्ञानेन्द्रले सबै नेपाली एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताएका थिए। झन्डै एक मिनेट मात्रै बोलेका पूर्व राजाले सबै नेपालीको एकतामा जोड दिए ।
उनको स्वागतमा राप्रपा संयुक्तका नेताहरु, शिवसेना नेपालका युवा, स्थानीय लगायत सयौँको उपस्थिति रहेको थियो । पूर्व राजाले पुजाआजा गर्दा र बाहिरिने क्रममा सर्मथकहरुले राजा आउ देश बचाउ हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्ने जस्ता नारा लगाएका थिए ।
पुर्वराजालाई हेर्न उपस्थित भएको भिडका कारण शाहलाई मन्दिरबाट बाहिरिन समेत समस्या भएको थियो । शाह शनिबार देवदहमा रहेको बुद्ध मावली भवानीपुर हुदै भलुहीमा रहेको गाई फार्मको पनि अवलोकन गरी फर्किनु भएको छ ।