- सागर रिजाल
कार्तिक २१,प्युठान । प्यूठानमा एक व्यक्ति मृत अवस्थामा पेला परेका छन् । १६ कार्तिकदेखि परिवारको सम्पर्कमा नरहेका स्वर्गद्वारी नगरपालिका ६ बेल्बास निवासी गुरु प्रसाद कालाथोकी पाँच दिनपछि बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।
७४ वर्षीय कालाथोकी माण्डवी गाउँपालिका ३ जोइटोलाको माडी खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र जिसीले जानकारी दिए ।
कालाथोकीको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवलाई जिल्ला अस्पताल प्यूठानमा पोष्टर्माटमपछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।