• २०८२ असार ५ गते बिहिवार

इलाममा १ सय २० शिक्षकलाइ जरीवाना, शिक्षक कितावखानाको पनि त्रुटि

पढ्न लाग्ने समय : २ मिनेट
  • गोबिन्द पौडेल इलाम समाचारदाता

भदौ २१, इलाम । समयमानै सम्पत्ति बिबरण नबुझाएको भन्दै इलामका १ सय २० शिक्षकलाइ जनहि ५ हजारको दरले जरीवाना सहित बिबरण बुझाउन शिक्षा बिकास तथा समन्वय इकाइ,इलामले ताकेता गरेको छ ।

हरेक आर्थिक बर्ष शुरु भएको ४५ दिनभित्र सबै शिक्षक तथा कर्मचारीहरुले सम्पती विबरण भरेर अस्थाइ तथा करार कर्मचारीहरुले संबन्धित स्थानिय निकाय र स्थाइ शिक्षकहरुले शिक्षक कितावखानामा पठाउनु पर्ने भएतापनि गत बर्ष २०७४/०७५ मा सम्पति विबरण नपठाउने स्थायी शिक्षकहरुको नामावली अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त भएको बिबरण सहित शिक्षा बिकास तथा समन्वय इकाइ इलामले स्थानिय निकायमा परिपत्र गरेको हो । स्थायी शिक्षकहरुको सबै बिबरण रहने शिक्षक कितावखानाले बिबरण संकलन गरेर अख्तियारमा पठाउने गरेको भएपनि कितावखानाको लापारबाहीको कारण पनि कतिपय शिक्षकहरुलाइ जरिवाना तिर्न बाध्य बनाइएको र कतिपय शिक्षकहरुलाइ भबिष्यमा समेत दुख दिनेखालको बिबरण भेटिएको पाइएको छ ।

शिक्षकरुले आफ्नो ब्याक्तिगत बिबरण नियुक्ती भएको ९० दिन भित्र किताबदानामा बुझाएर संकेत नं लिने र बिचमा हुने सरुवा बढुवाको सबै बिबरणहरु सरुवा बढुवा गने निकायले नै कितावखानामा पठाउन र कितावखानाले बिबरण अध्याबधिक गर्नुपर्नेे गरेको भएपनि केही शिक्षकहरुको गलत ठेगाना लेखिएको छ भने कतिपय बर्षे अधि सेवानिबित्त भइसकेका शिक्षकहरुको लागि समेत सुचना गरिएको छ । एक बर्ष अघिमात्रै सरुवा भएका वा सेवा निर्वित्त भएकाहरुका बिबरण हाउनु स्वभाबिक भएपनि धेरै बर्ष पहिला नै सेवा छाडेका शिक्षकहरुको बिबरण आउनु र अन्य शिक्षकहरुको तह र ठेगाना गलत कायम गरिदा आफुहरुले बुढेसकालमा पाउने सेवा र सुबिधा लिन समस्या हुने निश्चित रहेको शिक्षकहरुको गुनासो रहेको छ । शिक्षकहरुले संपत्ति बिबरण पठाउदा ब्याक्तिगत खामबन्दि गरेर बिद्यालयको एकमुष्ट बनाइ अर्को खाम बन्दिमा पठाउने गरेकोमा एउटै बिद्यालका शिक्षकहरुको कसैको पुगेको र कसैको नपुगेको बिबरण आएपछि किताबखानाको त्रुटि रहेको आसंका गरेका छन् । विवरण नपुगेको भए बिद्यालयको सबै शिक्षकहरुको नपुग्ने थियो तर एक जनाको मात्र कसरी पुग्दैन एक शिक्षकले बताए ।

गत बर्ष बिबरण नपुगेका शिक्षकहरुले रु ५ हजार जरिवाना र सोको भौचर सहित पुन बिबरण पठाउन पुन सम्पत्ति बिबरण भरेर पठाउन अख्तियार दुरुपयोग अनुसन्ंधान आयोगबाट शिक्षा बिज्ञान तथा प्रबिधी मन्त्रालय कर्मचारी प्रसासन तथा सुसासन प्रर्बधन शाखामा मा बिबरण आएकोले सो को जानकारी शिक्षा बिकास तथा समन्वय इकाइ इलामबाट स्थानिय निकायहरुलाइ जानकारी गराइएको थियो । यस बर्षपनि बिबरण पठाइएका शिक्षकहरुलाइ एस एम एस मार्फत जानकारी दिने सुचना गरिएपनि हालसम्म जानकारी नआएकोले शिक्षकहरुको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस