भदौ २१, काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को अध्यक्षमा प्रजातान्त्रिक समूहका खुमबहादुर सुवेदी वामपन्थी समूहका अञ्जान थापा (कुमार) लाई ८३ मतले पछि पार्दै विजयी भएका छन् ।

निर्वाचन समितिका अनुसार सुवेदीले ५२१ र थापाले ४३८ मत पाएका छन । महासचिव पदमा थापा समूहकी सरिता लामा विजयी भएकी छन् । उनले निकटम प्रतिद्वन्द्वी कर्मा शेर्पालाई १३ मतले पराजित गरिन ।
एक हजार ३१९ मतदाता रहेको टान निर्वाचनमा जम्मा ९८१ मत खसेको थियो । नयाँ कार्य समितिको अन्य पदमा दुवै समूहका मिश्रति प्रतिनिधित्व भएको छ । टानमा नँया कार्य समिती यस प्रकारले आएको छ ।
अध्यक्ष : खुम बहादुर सुवेदी
बरिष्ट उपाध्यक्ष : नबिन धिताल
प्रथम उपाध्यक्ष : चोलेन्द्र बहादुर कार्की
द्वितीय उपाध्यक्ष : भरत सापकोटा
महासचिव : सरिता लामा
सचिब : दामोदर ढकाल
कोषाध्यक्ष : ऋतु ग्यामदान (तामाङ)
सह-कोषाध्यक्ष : सुर्य कुमार श्रेष्ठ
महिला सदस्य : ङिमा दिकी शेर्पा
सदस्य : सोनाम ग्याल्जेन शेर्पा
सदस्य : सिक्बिर घले
सदस्य : कान्छा शेर्पा
सदस्य : सनम शेर्पा
सदस्य : प्रेम बहादुर लामा
सदस्य : ठाकुर प्रसाद सापकोटा
सदस्य मिङमा : तेञ्जिङ शेर्पा
सदस्य : रामबहादुर गुरुङ