- धर्म सुनार
असार २२, बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिकाको कोल्टीमा आज दलित समुदायीलाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धि सम्बन्धि १ दिने कार्याशाला गोष्ठी सम्पन्न भएको छ । दलित जनप्रतिनिधि बुढिनन्दा नगरपालिकाको आयोजनमा र बुढिनन्दा नगरपालिकाको आर्थिक सहयोगमा दलितहरुको नेतृत्व विकास र क्षमता अभिवृद्धि कसरी गर्ने भन्ने बारेमा यो कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।

नगर कार्यपालिकाका सदस्य साइमल ल्वारको अध्याक्षतामा संंचालन गरिएको कार्यशाला गोष्ठीमा बुढीनन्दा नगरपालिकाका नगर प्रमुख पदम कुमार गिरी प्रमुख अतिथि रहनु भएको थियो ।

नगरपालिकाको सभा हलमा संचालन भएको कार्याशाला गोष्ठीमा बोल्दै प्रमुख अतिथि समेत रहनु भएका नगर प्रमुख पदम कुमार गिरी आफु छुवाछुतको पहिले देखिनै विरुद्धी भएको बताएका छन् । आफुबाट कुनै किसिमको भेदबाब नरहेको नगर प्रमुख गिरीले बतायका छन । मान्छे जन्मदै दलित हुदैन मात्र मान्छेको मानसिक मात्र दलित हो त्यसैले आफ्नो मानसिक परिवार्तन गर्न जरुरी छ छुवाछुत भन्दा पनि आफ्नो मानसिक परिवर्तन गर्न गिरीले आग्रह गरेका हुन् । आफुले सक्ने खाल्को आफ्नो क्षेमता र पदको दायित्वले गर्न सक्के सहयोग गर्ने बताएका छन् ।

नन्दविर चदाराले संचालन गरेको कार्यशाला गोष्ठीमा प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्ट विशिष्ठ अतिथि रहनु भएको थियो । त्यसैगरि नेकपाका पार्टी प्रतिनिधी तथा दलित अधिकार कर्मि भरत विक खलिया महासंघका अध्याक्ष प्रतावे आउजि, पत्रकार धर्म सुनार लगाएत अतिथि रहनु भएको थिए । यो कार्यशाला गोष्ठीको प्रशिक्षक अधिबक्ता हर्क कठायतले गरेका थिए । गोष्ठीमा प्रशिक्षक हर्क कठायीतले दलितहरुलाई सरकारले के कस्तो सउलियत दिएको र सरकारले नेपालको संविधानमा कस्तो खाल्को कानुन लेखेको छ त्येस सम्बन्धी र महिला हिंसा तथा घरेलु हिंसा सम्बन्धि जानकारी दिएका थिए । सरकारले दलितका विद्यार्थीहरुलाई कक्षा १२ सम्म नि:शुल्क शिक्षा प्राप्त गर्ने खाल्को निर्णय गरेपनि सरकारी विद्यालयले अहिलेसम्म कार्यन्यनमा नल्याएको सहभागीले बताएका छन् । कक्षा ११ र १२ पुरा गर्ने बाह्र हजार तिर्न बाध्य भएकोे सहभागी मिमा सार्किले बताएकी छन् ।
गोष्ठीमा ८० जना भन्दा बढिको उपस्थिति रहेको थियो ।