• २०८३ बैशाख २७ गते आइतवार

गल्फुटारबाट अलपत्र अवस्थामा रहेका १९ जना बालबालिकाको उद्धार

पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २४ , काठमाडौं । बुढानिलकण्ठ नगरपालिका ८ गल्फुटारबाट अलपत्र अबस्थामा रहेका १९ जना बालबालिकालाई सोमबार दिउँसो प्रहरीले उद्धार गरेको छ ।

कालिकोट घर भएका जयबहादुर विकले बोर्डिङमा पढाइदिन्छु भन्दै हरेक विद्यार्थीबाट एक डेढ लाखको दरले रकम उठाई सोही ठाउँस्थित घर भाडामा लिई बालबालिकाहरूलाई अलपत्र अबस्थामा छाडेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले १५ बालक र ४ बालिका समेत गरी १९ जनालाई उद्धार गरेको हो ।

उद्धार गरिएका बालबालिकाहरुमध्ये ९ जना हिमाली नविन समाज महाराजगंज र १० जना साझा मञ्च बालुवाटारको संरक्षणमा रहेको उक्त वृत्तले जनाएको छ ।जय बहादुर हाल फरार रहेकाले प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस