• २०८३ जेष्ठ ७ गते बिहिवार

आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

भदौ २०,  खोटाङ । आफ्नै ३६ वर्षीया श्रीमती देविका राईलाई धारिलो हतियार खुकुरीले प्रहार गरी हत्या गरेको अभियोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ साकेला थान डाँडागाउँ बस्ने ३५ वर्षीय सिताराम राईलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

घरायसी बिवादको कारण उनले आफ्नै श्रीमती देविका राईलाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले उनलाई खुकुरी सहित पक्राउ गरेको हो ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी देविकाको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस