• २०८२ जेष्ठ ३२ गते शनिवार

सरकारले बजेटमा कर्णालीलाई समेट्नु सुखद् : सांसद शर्मा 

पढ्न लाग्ने समय : १ मिनेट
जेठ २३,सुर्खेत । सरकारले जेठ १५ गते ल्याएको बजेटले कर्णालीलाई समेट्नु सुखद रहेको सांसद जनार्दन शर्माले बताएका छन् । बिहीवार प्रतिनिधी सभामा बजेट छलफलमा भाग लिदै शर्माले सो कुरा बताएका हुन् । ‘गत आ.वमा हराएको कर्णालीको सम्वोधन भएको छ कर्णालीको सांसदको हिसावले खुसी लागेको छ,’ शर्माले भने ।
समाजवादी विधीमा कसरी जाने भन्ने बहसको शुरुवात भएको बताउदै शर्माले अवको बहस समाजबादको लागी हुन आवश्यक भएको बताए । ‘बजेटले समृद्ध नेपाल सुखी नेपालको नारालाई सम्वोधन गर्दे नेपाललाई मध्ययम विकासको राष्ट्को दिशा देखाएको छ, यो बजेको सकारात्मक पक्ष हो’ शर्माले भने । सांसदमा सत्तापक्षले गलतलाई सही भन्ने र प्रतिपक्षले सहीलाई गलत भन्ने संस्कारका कारणले राष्टलाई घाटा पुग्ने उनले बताए ।

भ्रष्टाचारलाई कसरी रोक्ने भन्ने मुल प्रश्न रहेको शर्माको भनाई छ । जनतालाई विश्वास जगाउदै बजेटको कार्यान्वयनमा संगसंगै लानुपर्नेमा जोड दिए । विदेशमा जाने लाम हटाउदै स्वदेशमा रोजगारीको सृजना गर्ने योजना बजेटमा हुनु सुखद पक्ष भएको भन्दै शर्माले यसको सही कार्यान्वयन हुन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस