मंसिर १९ ,पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
आज तिनाउ गाउँपालिका वडा नम्बर ५ चौबीस माइलमा बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप सिद्धार्थ राजमार्गको सडकदेखि करीब २०० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ ।
घटनास्थलमा दुई पुरुषको शव फेला परे पनि पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।