चैत २२, सुर्खेत । सुर्खेत पश्चिमको पञ्चपुरी नगरपालिकामा—९ मा रहेको जनता वहुमुखी क्याम्पस एमयुको आंगीकमा रूपान्तरण गरिएको छ ।

२०६४ असोजमा स्थापना भएको क्याम्पस स्थानीयको ठूलो सहयोग र मेहनतले २०७५ चैत २१ गते एमयुको आगींकमा हस्तान्तरण गरिएको हो । क्याम्पसको पिताको रूपमा रहेका सुर्खेत क्षेत्र नं.२ निवार्चित प्रतिनिधि सभा सदस्य नवराज रावतले “उज्यालो संसार को ज्योती छर्न शिक्षाको आवाश्यक रहेको बताउँदै विशेष प्राथमिकताको साथमा अगाढी बढाउने प्रतिबद्धता जनाए ।”
कर्णाली प्रदेशका उप—सभामुख पुष्पा घर्तिले जीवन रुपान्तरणका लागि शिक्षाको महत्वपुर्ण भुमिका रहेकोले क्याम्पसको लागि प्रदेश सरकारको सहयोग निरन्तर भईरहने बताईन् ।’
मध्यपश्चिमाअञ्चल विश्वविद्यालयका रजिस्टार यामबहादुर कार्किले क्याम्पसलाई आवाश्यक पर्ने भौतिक एवं शैक्षिक गतिविधिबारे मध्यपश्चिमाअञ्चल विश्वविद्यालयले गर्ने सहयोग कहिले पनि अपुग हुन नदिने बताए ।
क्याम्पस व्यबस्थापन समिति अध्यक्ष तथा पुर्वराज्य मन्त्रि तप्तबहादुर बिष्टले ‘हाल सम्म क्याप्सले ठुलो उपलब्धि गरेकोले यसलाई अझै सहि ढँगबाट अगाढी बढाउँन प्रयत्न रहेको बताए ।
स्थानीय कलावती पौड्याल ,तिलाधर पौड्याल, तिलकराज पौड्यालले क्याम्पसको लागि १ करोड भन्दा वढीको जग्गा दान गरेकोले पश्चिम सुर्खेतका उज्यालो भविष्यको परिकल्पना गरि बसेका हजारौँ युवाको उज्यालो सपना साकार पार्ने हुँदा स्थानीयमा निकै खुसीयाली छाएको छ ।
जनप्रतिनिधिले चिया पसलको गफमा लाग्नु हुदैन : सांसद नवराज रावत (भिडीयो सहित)
सांसद नवराज रावतले जनप्रतिनिधि चिया पसलको गफमा नलागि निर्धक्क भई काम गर्न आग्रह गरेका छन ।
पञ्चपुरी नगरपालिकामा जनता सँंगको भेटघाट तथा परामर्श कार्यक्रम उक्त कुरा बताएका हुंन । रावतले संघबाट हुंने सबै कामहरू छिटो अगाढी बढाउंने प्रतिबद्धता जनाए । राष्ट्रिय गौरवको योजना मदन भण्डारी राजमार्ग बड्डिचौर —वेनिघाटमा सुन्य प्रतिशत काम भएकोले आऊंदो मंसिरमा टेण्डर पारी काम छिट्टै शुरू हुंने र कैलालीको खक्रौला, जंगलघाट, राकम कर्णाली —हिल्सा जोडिने त्रिदेशिय सडक बारे आफ्नो निकै ध्यानर्कषण भएको बताए । रावतले बजेटको अभाव नभएको तर कामले गति लिन नसकेको बताउदै स्थानीय तहमा भएका ठुला योजनालाई छिटो अगाढी बढाउन संघमा घचघच्याउने बताए ।
विद्युत को ३३ केभि लाईनमा काम तीव्र नभएको र ठेकेदारले पटक—पटक आफुलाई छक्याईरहेको र पछिल्लो समय सम्पर्क नभएकोले छिट्टै ठेकेदारलाई कारवाहीको दाहेरामा ल्याउने समेत बताए।
भिडीयो