- सागर थापा (क्राईमबिट)
मंसिर १८, काठमाडौं । सशस्त्र प्रहरीमा सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) र र सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदमा ठूलो संख्यामा दरखास्त माग गरेको छ।
सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयको मानश्रोत विभाग, तालिम निर्देशनालय भर्ना छनोट शाखाले ठूलो संख्यामा इन्सपेक्टर र असईको माग गरेको हो।
माग अनुसार इन्सपेक्टर ५८ जना र असई २३९ जना माग गरेको हो। सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
