• २०८३ जेष्ठ ३१ गते आइतवार

नेपालगन्ज उपमहानगरपालिकाका २ वडा अध्यक्षलाई पक्राउ पुर्जी जारी

पढ्न लाग्ने समय : १ मिनेट
  • महेन्द्र सिंह, बाँके

भदौ १८, बाँके । नेपालगन्जमा एक सहकारी संस्थाको रकम हिनामिना गरेको भन्दै पक्राउ पुर्जी जारी भएको छ। अन्य ३५ जनाको नाममा समेत पक्राउ पुर्जी जारी भएको हो।पुर्जी जारी हुने अध्यक्षहरुमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष अजयकुमार पाठक र वडा नम्बर १८ का वडाध्यक्ष दीपकुमार बर्मा रहेका छन् ।

नेपालगंजको सवैभन्दा पुरानो सहकारी वित्तीय विकास संस्था लिमिटेडको ५२ करोड बराबरको रकम अपचलन भएको मुद्दामा बाँके प्रहरीले अनुसन्धान गर्दै आएको छ।सोही मुद्दाको आवश्यक अनुसन्धानका लागि तत्कालिन सञ्चालक समितिमा रहेका वडाध्यक्षद्धय पाठक र बर्माविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी वीरबहादुर ओलीले बताए। ‘सहकारी संस्थाको रकम अपचलन सम्बन्धी मुद्दाको अनुसन्धानका लागि उहाँहरु विरुद्ध पक्राउ पुर्जी जारी गर्‍यौं,’ उनले भने ‘प्रहरीले उहाँहरुलाई खोजीरहेको छ, तर सम्पर्कमा हुनुहुन्न।’पक्राउ पुर्जी जारी गरेको सुईको पाए लगत्तै दुबै जना फरार भएका हुन्।

वडाध्यक्ष पाठक र बर्मा भारत फरार भएको हुन सक्ने प्रहरीको आशंका छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पाठक यसअघि उक्त सहकारी संस्थाको उपाध्यक्ष पदमा कार्यरत थिए, भने बर्मा कार्यसमिति सदस्य तथा कर्जा लगानी उपसमितिमा आवद्ध रहेका थिए। दुुई महिना अघि कार्यालय प्रमुुखसहित तीन जनालाई पक्राउ गरिसकेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस