- सागर थापा
बैशाख २१,दाङ । दाङमा सडक सुरक्षाका लागि सुरु गरिएको ट्राफिक नियमको पालना सहितको ७ दिने ट्राफिक सप्ताह अभियानको भब्यताको साथ समापन गरिएको छ ।
जिल्लामा बढ्दो सडक असुरक्षालाई सुरक्षित गर्नका लागि बैशाख १३ गते अभियान सुरु गरिएको बैशाख २० गतेसम्म विभिन्न ट्राफिक सचेतना कार्यक्रमहरु गरिएको थियो । प्रदेश नम्बर ५ मा सञ्चालन भएको ट्राफिक सप्ताहको समापन तुल्सीपुरमा गरिएको हो । ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर जिल्ला प्रहरी कार्यालय दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ एवं सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुरको संयुक्त आयोजनामा कार्यक्रम गरी समापन गरिएको हो । सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुरका अध्यक्ष नारायणी रजौरेको अध्यक्षतामा सप्ताहको समापन गरिएको हो । त्यसअवसरमा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले सवारी चलाउदा हतार गर्ने प्रबृतिले गर्दा दुर्घटना बढेको बताउनुभयो ।
५.नम्बर प्रदेश प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख डिआईजि पिताम्बर अधिकारीले दुर्घटना न्यूनीकरण गर्न हामी सबैको ट्राफिक नियम पालन गर्न गराउन जरुरी रहेको बताउनुभयो ।