जनतासँग परामर्शमा सुर्खेत निर्वाचन क्षेत्र नम्वर २ का प्रतिनिधिसभा सासद रावत

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

चैत २१, सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्वर २ का प्रतिनिधिसभा सदस्य नवराज रावत अहिले आफ्नो निर्वाचन क्षेत्रका स्थानिय तहसँगको परामर्श वैठकमा व्यस्त हुनुहुन्छ ।

सांसद रावतले घोषणा गरेको जनतासंग ‘परामर्श कार्यक्रम’ अन्तर्गत आफ्नो निर्वाचन क्षेत्रमा पर्ने स्थानिय तह र नागरिकसँगको छलफलमा जुट्नुभएको हो । पहिलो दिन उहाँले चौकुने गाउँपालिकामा भएका विकास कामको गतिविधि र नयाँ योजना बारे परामर्श कार्यक्रम भएको छ । कार्यक्रममा जनप्रतिनिधिसहित स्थानिय नागरिकहरुको उपस्थिति थियो । कार्यक्रममा प्रत्येक वडाका वडा अध्यक्षहरुले आफ्ना वडामा भएका विकासका कार्य र समस्या सांसद रावत समक्ष प्रस्तुत गरेका छन् । सासद रावतले समस्याको समाधानबारे सांसद रावतले संघिय संसद र सरकारमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको सासद रावतको साथमै रहनुभएका खबर24 नेपाल कणार्ली ब्युरो प्रमुख प्रविण शाहीले जानकारी दिनुभयो ।

अव रावतले पञ्चपुरी, बराहताल र वीरेन्द्रनगर नगरपालिकामा छलफल गर्ने तथा विभिन्न योजनाहरको शिलान्याससमेत गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस