• २०८२ जेष्ठ ३० गते बिहिवार

पक्राउ परेका भिआइपी जुवाडेको सम्पत्ति छानविन हुने

पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १७, काठमाडौँ  । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले १० कात्तिकमा पक्राउ गरेको २५ जना जुवाडेको सम्पत्तिमाथि पनि छानविन हुने भएको छ ।

पिपलमार्ग्स्थित विक्रम गौतमको घरमा छापा मारेर नियन्त्रणमा लिइएका बलराम सापकोटासहित २५ जनामाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पनि छानविन गर्ने भएको हो ।

तिहार लक्षित विशेष सुरक्षा योजनामार्फत प्रहरीले चलाएको अपरेशनका क्रममा त्यहाा दुई करोड ४७ लाख रुपैयाा नगद, बैंक अफ काठमाण्डुको ३ लाख रुपैयााको चेक, ३२ वटा कौडा, ४ बुक तास लगायत बरामद भएको थियो ।

जुवामा प्रयोग गरेको रकमको स्रोत नखुलेको भन्दै प्रहरीले सम्पत्ति शुद्धीक्ररण विभागलाई पत्र काटेको स्रोतले बतायो । पत्रअनुसार विभागले छानविन थाल्ने तयारी गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस