कात्तिक १७ , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बसेको छ । प्रधानमन्त्रीले बोलाएको बैठक आइतबार १२ बजे पछि सुरु भएको हो ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था कमजोर भएर अघिल्लो हप्ता ग्राण्डी अस्पतालमा दुई पटक हेमोडायलासिस गरेर फर्किएका थिए । त्यसपछि उनले निवासमै मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।