• २०८२ असार ५ गते बिहिवार

श्रीमती र छोरा बेच्नेलाई ३८बर्ष कैद र ३लाख जरिवाना

पढ्न लाग्ने समय : २ मिनेट

जेष्ठ २०, दैलेख । सायद अहिले सम्मकै नयाँ घटना पनि हुन सक्छ । दैलेखमा एकजना व्यक्तिले प्रेम विवाह गरे,र विवाहपछि छोराको जन्म भयो । उनले आफ्नै श्रीमती र छोरालाई २लाख २०हजार भारु रुपैँयामा बिक्री गरे । सबै –सबैलाई लाग्न सक्छ ,आफ्नो श्रीमती अनि छोरालाई पनि बिक्री कसरि गर्र्याे भनेर । अँह ! कसैलाई त पत्यार पनि कसरि लागोस । तर, दैलेख जिल्ला अदालतले आईतबार सुनाएको फैसला अनुसार दैलेख भैरवी गाउँपालिका –४ का २१ वर्षीया टेकराज पुरीले श्रीमती र छोरालाई बेचेकै रहेछन् ।

पुरीले २०७४माघ महिनामा आफ्नै श्रीमती र छोरालाई २ लाख २० हजार भारुमा भारतको बैँगलोरमा बिक्री गरेका थिए । ‘यो कत्तिको अनौठो कुरा होे सोच्ने हो भने । सोहि घटनालाई दैलेख जिल्ला अदालतले आईतबार भैरवी गाउँपालिका लाई ३८ वर्ष ६ महिना कैद ३ लाख जरिवाना फैसला सुनाएको छ । ०७५ वैशाख २४ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा दिएको मानव बेचबिखन सम्वन्धी मुद्दा अनुसन्धान भई दिईएको जाहेरीको आधारमा उनलाई फैसला सुनाईएको हो । जिल्ला न्यायाधीश सनतचन्द्र लवटको ईजलासबाट उक्त फैसला सुनाईएको हो ।
फैसला अनुसार मानव बेचबिखन ओसार पसार नियन्त्रण ऐन २०६४ को दफा १५ (१) (क) बमोजिम २० वर्ष कैद र २ लाख जरिवाना, सोही ऐनको १५ (ङ) (१)
वमोजिम १५ बर्ष कैद एक लाख जरिवाना, सोही ऐनको दफा १५ ( ४) वमोजिम ३ वर्ष ६ महिना कैद र २० हजार जरिवाना र सोही ऐनको दफा १७(१) वामोजिम पीडितलाई १ लाख ६५ हजार क्षतिपूर्तिको फैसला भएको जिल्ला अदालत दैलेखका प्रवक्ता बिनोद आचार्यले जानकारी दिएका छन् ।

शक्ति नेपालको पहलमा परेको जाहेरीपछि जिल्ला सरकारी वकील कार्यालयले ०७४भदौ ३ गते दैलेख जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसार मुद्दा दायर भएको थियो । घटनाको प्राप्त सूचनाका आधारमा शक्ति नेपाल र सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखको पहलमा बैंगलोरबाट उद्धार गरी नेपालगञ्ज हुदै काठमाण्डौं पु¥याएर पीडित आमा छोरालाई आश्रय संगै कानूनी उपचार प्रक्रिया अगाडि बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस