जेठ १९, पाँचथर । करेण्ट लगाइ माछा मार्ने क्रममा पाँचथरको फिदिम नगरपालिका १० चिलिङदिन हेवा खोलामा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ।
हिलिहाङ गाउँपालिका ७ टारी बस्ने २८ वर्षीय मदन भन्ने बल बहादुर राईको शनिवार अपरान्ह ५ बजेको समयमा हेवा खोलामा जेनेरेटर फिट गरेर माछा मार्न खोलाभित्र पसेका बेला मृत्यु भएको हो ।