जेठ १९, एजेन्सी । ब्राजिलियन फुटबलर नेयमारलाई स्पेनकी एक महिलाले पेरिसमा आफुलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन । उनले यौन दुर्व्यवहारको आरोपमा मुद्दा दर्ता समेत गरेकी छिन् ।
साउ पाओलो प्रहरीका अनुसार ती महिलाले पेरिसको एक होटलमा आफुलाई नेयमारले दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् । नेयमार पेरिसकै क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट फुटबल खेल्दै आईरहेका छन् । यस विषयमा नेयमारका प्रतिनिधिले भने मुख खोलेका छैनन् । अहिले नेयमार कोपा अमेरिकाका लागि ब्राजिलियन टोलीबाट प्रशिक्षण गरिरहेका छन् ।