• २०८२ जेष्ठ ३० गते बिहिवार

खरले छाएको घरमा आगलागी, तीन लाख बराबरको क्षति

पढ्न लाग्ने समय : १ मिनेट

तुलसीपुर,१९ माघ / दाङमा आगलागी हुँदा तीन लाख बराबरको क्षति भएको छ । दाङको राप्ती राप्ति गाउँपालिका वडा नं. १ पाखापानी निवासी कासीराम कुमालको घरमा गएराति ९ बजेतिर आगालागी हुँदा उक्त क्षेति भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार खरले छाएको घरको भान्साकोठामा बालेको आगोवाट अचानक आगलागी भएको हो ।

आगलागी हुँदा घरम रहेका १०/१२ वटा कुखुरा, अन्नपात, लत्ताकपडा, जिन्सी सामानजलेको प्रहरीले बताएको छ । समयमै आगलागी भएको थाहा पाएकाले मानबीयलगायत अन्य थप क्षति हुन पाएन् । प्रहरी तथा स्थानीयको सक्रियतामा गएराति साढे १० बजेतिर आगो नियन्त्रणमा लिईएको हो ।

प्रतिक्रिया दिनुहोस