• २०८२ जेष्ठ ३० गते बिहिवार

नाबालिका छोरी बलात्कार गर्ने बाबु पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १५, काठमाडौं । ६ वर्षीया नाबालिका छोरी बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक १३ गते नाबालिका छोरीलाई उनले आफ्नै कोठामा बलात्कार गरेका हुन ।

भोजपुर घर भई हाल धरान – १७ मा डेरा गरी बस्दै आएका ३८ वर्षीय बाबुले आफ्नै नाबालिका छोरीलाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख ढुण्डीराज न्यौपानेले बताए ।

छोरीलाई बलात्कार गरेर थाहा भएपछि नाबालिकाकी आमाले कात्तिक १४ गते प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरी दिएलगत्तै खटिएको प्रहरी टोलीले आरोपी बाबुलाई लुकिछिपी बसेको अवस्थामा धरानबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि जबरजस्तीकरणी मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रमुख न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस