असोज २२, काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २५४० जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा २०८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० गरी २५४० जनामा संक्रमण पुष्टि भएको हो ।
थप ४३ सय ६४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ९८ हजार ६ सय १७ जना पुगेको छ ।
मन्त्रालयका अनुसार आज २ हजार ६ सय ७५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७१ हजार ३ सय ४३ जना रहेको छ । आज १२ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ५ सय ९० जना पुगेको छ ।