• २०८३ जेष्ठ २६ गते मङ्गलवार

प्रतिनिधि सभाका सांसदले पुस ६ देखिको तलब एकमुष्ट पाउने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १३, काठमाडौं । प्रतिनिधि सभाका सांसदहरूले पुस यताको तलब एकमुष्ट पाउने भएका छन्। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरिदिएपछि उनीहरूले संसद नचलेको अवधिको पनि तलब पाउने भएका हुन्।

पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि सांसदहरुले पुसको ५ दिनको मात्र तलब पाएका थिए। संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार पुसको बाँकी अवधिको र माघ तथा फागुनको तलब सांसदहरूको खातामा जम्मा हुने बताए। सांसदहरूको तलब मासिक ५५ हजार २ सय ३० रुपैयाँ छ।

https://khabar24nepal.com/02/25/2021/62224/

Sharing

प्रतिक्रिया दिनुहोस