• २०८३ जेष्ठ १० गते आइतवार

सुन चोरेर भागेका पाँच जना काठमाडौंमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ३०, काठमाडौं । ३८ तोला सुन चोरेर भागेका पाँच जना काठमाडौंबाट पक्राउ परेका छन । काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-२ घर भएका गुञ्जमान तामाङको घरबाट करिब ३८ तोला सुनका गरगहनाहरु चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-६ बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका-५ घर भएका २७ वर्षीय देवराज दाहाल, काठमाडौं महानगरपालिका-११ बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-११ घर भएका २४ वर्षीय रामचन्द्र चालिसे, काठमाडौं महानगरपालिका-६ बस्ने काभ्रे धुलिखेल नगरपालिका(७ घर भएका २३ वर्षीय राम तामाङ, काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने काभ्रे धुलिखेल नगरपालिका-७ घर भएका १८ वर्षीय किशोर र काठमाडौं महानगरपालिका-६ बस्ने काभ्रे धुलिखेल नगरपालिका-१ घर भएका १९ वर्षीय राजन तामाङ रहेका छन् ।

उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको महानगरीय प्रहरी वृत्त लैनचौरले जनाएको छ

Sharing

प्रतिक्रिया दिनुहोस