• २०८३ जेष्ठ २६ गते मङ्गलवार

चितवनमा ५० प्रतिशतलाई अस्पतालबाटै कोरोना सङ्क्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३०, चितवन । जिल्लामा कोरोना सङ्क्रमण अस्पतालहरुबाटै फैलिएको अध्ययनले देखाएको छ । जिल्ला कोभिड सङ्‍कट व्यवस्थापन केन्द्रले गरेको अध्ययनका क्रममा सङ्क्रमितमध्ये ५० प्रतिशतको सङ्क्रमणको माध्यम अस्पताल बनेको पाइएको हो ।

केन्द्रका सदस्य एवं स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार कुल सङ्क्रमितमध्ये २५४ चिकित्सक तथा स्वास्थ्यकर्मी छन् । यो सङ्ख्या आजसम्म सङ्क्रमित सङ्ख्याको २० प्रतिशत हुन आउँछ । सङ्क्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीको परिवारमा कम्तीमा थप एक व्यक्ति सङ्क्रमित भएको पाइएको उनले बताए । यसलाई हेर्दा सङ्क्रमित व्यक्तिको ४० प्रतिशत हुन आउँछ । त्यसबाहेक सङ्क्रमित अन्य १०१ ले समेत आफूलाई अस्पतालमा उपचारका लागि जाँदा वा बिरामीको कुरुवा भएर बस्दा सङ्क्रमण भएको बताएको उनले जानकारी दिए । तिवारीले भने, “जिल्लामा जम्मा सङ्क्रमणको ५० प्रतिशत हिस्सा अस्पतालहरुबाटै रहेको पाइयो ।”

Sharing

प्रतिक्रिया दिनुहोस