असार ४, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले नेपाललाई आत्मनिर्भर बनाउने हो भने कृषि बजार व्यवस्थापन र मूल्यको प्रत्याभूति अर्थात ग्यारेन्टी सरकारले लिनुपर्ने बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद चौधरीले बजार व्यवस्थापन नहुँदा नहुँदै पनि किसानले उत्पादन गर्न नछोडेको बताए ।

तर किसानहरु आफ्नो पेशाप्रति हतोत्साहित हुँदै गएको बताए । उनले भने ‘ चाहिएको समयमा किसानले मल विउ पाउँदैनन् । तर पनि उत्पादन गरिरहेकै छन्। न बजारको ग्यारेन्टी छ न मूल्यको ग्यारेन्टी छ । तै पनि उत्पादन गरिरहेकै छन्। पछिल्लो समय कालीमाटी सिलगेटमा टमाटर लगायतका तरकारी फ्यालेर किसानहरुले विरोध गरेका छन् । किसानहरु आफ्नो पेशामा हतोत्साहित छन् । यदि नेपाललाइृ आत्मनिर्भर बनाउने हो भने सरकारले कृषि बस्तुको लागि बजारको व्यवस्थापन र मूल्यको ग्यारेन्टी गरोस ।
सांसद चौधरीले सरकारले बजेट मार्फत कृषिलाई प्राथमिकतामा राखेको भएपनि बजार व्यवस्थापन भने गर्न नसकेको बताए ।