माघ १६, काठमाडौं । टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब च्याम्पियनशिपको पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराएको छ । पोखरा रङ्गशालाको भलिबल कोर्टमा आज भएको खेलमा हेल्प नेपालले एपीएफलाई ३–२ को सेटमा हरायो ।
हेल्प नेपालले पहिलो सेट २५–२२, दोस्रो सेट २९–२७ र पाँचौं सेट १५–१२ ले जित्यो । एपीएफले तेस्रो सेट २५–१३ र चौथो सेट २५–२३ ले जित्यो । अब हेल्प नेपालले लिग चरणको अन्तिम खेलमा गण्डकी प्रदेशसँग खेल्नेछ । यो खेलको विजेता टोली एलिमिनेटरमा पुग्नेछ । एपीएफ भने प्रतियोगिताबाट बाहिरिएको छ ।
यस्तै पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र भारतको सुनिल भलिबल क्लबबीचको खेल भने स्थगित भएको छ । खराब प्रकाशका कारण सुनिल क्लबले २ सेट र आर्मीले १ सेट जितेको अवस्थामा खेल स्थगित भएको हो ।