• २०८२ बैशाख ७ गते आइतवार

आइपिएल : आज लखनउ सुपर जायन्ट्स र सनराइजर्स हैदराबादबीच खेल हुदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत १४, काठमाडौं । इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज लखनउ सुपर जायन्ट्स र सनराइजर्स हैदराबादबीच खेल हुदैछ ।

हैदराबादको घरेलु मैदान राजिब गान्धि क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार बिहीवार राती ७ः४५ मा सुरु हुनेछ । पहिलो खेलमा जित हात पारेको हैदराबाद दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा हैदराबादले राजस्थान रोयल्सलाई पराजित गरेको थियो ।

लखनउ भने सिजनको पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा लखनउ दिल्ली क्यापिटल्ससँग पराजित भएको थियो ।

लखनउले सिजनको पहिलो खेल कमजोर बलिङका कारण हारेका थिए । २ सय १० रनको लक्ष्य पछ्याउने क्रममा दिल्ली क्यापिटल्सले ६ विकेटको क्षतिमा १ सय १३ रन बनाउँदा नतिजा लखनउको पक्षमा आउने अनुमान गरिएको थियो । तर, लखनउले कमजोर बलिङकै कारण यो खेल हार्न पुग्यो ।

लखनउसँग रवि बिश्नोई र शार्दुल ठाकुर मात्र अन्तर्राष्ट्रिय अनुभव भएका बलर थिए । तर, शार्दुलले सुरुमा दुई विकेट लिएपनि दुई ओभर मात्र दिइयो । बिश्नोईले २ विकेट लिए पनि ५३ रन खर्चिन पुगे ।

उता, हैदराबादले भने घरमा हुने खेलमा परिवर्तन गर्ने छैन । राजस्थान रोयल्सविरुद्ध ट्राभिस हेड र अभिषेक शर्माले उत्कृष्ट सुरुवात दिलाएका थिए । इशान किशनले ४७ बलमा अविजित १ सय ६ रन बनाए ।

शीर्ष ६ खेलाडीमध्ये प्रत्येकको स्ट्राइक रेट २०० वा सोभन्दा बढी थियो । यसले गर्दा हैदराबादले आइपिएलको सर्वाधिक योगफलको आफ्नै रेकर्डभन्दा एक रन कम बनाएका थिए ।

हैदराबाद र राजस्थानबीचको उक्त खेल उच्च स्कोरिंग खेल थियो । हेदराबादका बलरहरूले पनि धेरै रन खर्चिएका थिए । हर्षल पटेलबाहेक हैदराबादका सबै तीव्र गतिका बलरले १० भन्दा बढीको इकोनोमीमा रन खर्चेका थिए । हैदराबादले आफ्नो बलिङमा सुधार गर्ने लक्ष्य राख्नेछ ।

लखनऊ सुपर जायंट्स (सम्भावित-११) – एडेन मार्कराम, मिचेल मार्श, निकोलस पूरन, ऋषभ पन्त (कप्तान / विकेटकीपर) आयुष बदोनी, डेविड मिलर, शाहबाज अहमद, शार्दुल ठाकुर, रवि बिश्नोई, आवेश खान, दिगवेश राठी, मनीमारन सिद्धार्थ।

सनराइजर्स हैदराबाद (सम्भावित-११) – ट्रेविस हेड, अभिषेक शर्मा, इशान किशन, नितीश कुमार रेड्डी, हेनरिक क्लासेन, अनिकेत वर्मा, अभिनव मनोहर, प्याट कमिंस (कप्तान), सिमरजीत सिंह, हर्षल पटेल, मोहम्मद शमी, एडम जाम्पा।

प्रतिक्रिया दिनुहोस