दोस्रो हाफमा नेपालले ३ खेलाडी परिवर्तन गरेको थियो । तर खेलमा मलेसियाको पकड परिवर्तन भएन । ७१ औं मिनेटमा फ्रिकिकमार्फत मलेसियाले अग्रता दोब्बर पार्यो । चलाखीपूर्ण फ्रिकिकमा लाभेर कर्बिन-अंगले फिनिस टच दिएका थिए । यद्यपि अन्तिम पास लिने क्रममा उनी अफसाइड पोजिसनमा देखिएका थिए ।
खेलको ८५ औं मिनेटमा फरवार्ड रेजिन सुब्बाले नेपालका लागि डेब्यु गरे । उनले जिलेस्पीजंग कार्कीको स्थान लिँदै राष्ट्रिय टोलीबाट पहिलो खेल खेल्ने अवसर पाए ।
समूह एफमा नेपाल र मलेसियासँगै भिएतनाम र लाओस पनि छन् । अर्को खेलमा भिएतनामले लाओसलाई ५-० ले हराउँदै सानदार सुरुवात गरिसकेको छ । हरेक समूहबाट शीर्षस्थानमा रहने टोलीले एसियन कप खेल्नेछ ।