• २०८२ बैशाख ७ गते आइतवार

श्रेयसको कप्तानी इनिङमा पञ्जाबको विशाल योगफल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १२, काठमाडौं । श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्सविरुद्ध विशाल योगफल तयार गरेको छ ।

नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो ।

पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले सर्वाधिक ९७ रन जोडे । उनले ४२ बलको सामना गर्दै ५ चौका र ९ छक्का प्रहार गरे । आइपिएल इतिहासको आफ्नो पहिलो शतकबाट श्रेयस ३ रन टाढा चुके ।

पाँचौ विकेटका लागि श्रेयसले शंशाक सिंहसँग मिलेर नट आउट ८१ रनको साझेदारी गरे । शंशाक १६ बलमा ६ चौका र २ छक्काको सहयोगमा ४४ रनमा नट आउट रहे । मार्कस स्टोइनेस १५ बलमा १ चौका र २ छक्काको सहयोगमा २० रनमा आउट भए ।

यसै खेलमा आइपिएल डेब्यु गरेका पञ्जाबका ओपनर प्रियान्स आर्य २३ बलमा ७ चौका र २ छक्काको सहयोगमा ४७ रनमा आउट भए । ग्लेन म्याक्सवेल पहिलो बलमा नै आउट हुँदा अजमतुल्लाह उमरजाइले १६ रन जोडे ।

गुजरातका लागि साइ किशोरले ३ ,राशिद खान र काशिसो रबडाले समान १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस