• २०८२ बैशाख ७ गते आइतवार

उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने रावल पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ११, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई चार वर्षअघि विश्वविद्यालय परिसरमा नै कुटपिट गर्नेमध्येका एक योगेन्द्र रावल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले  रावललाई कीर्तिपुरबाट प्रक्राउ गरेको हो ।

उनलाई अदालत पेश गरी सजाय भुक्तानीका लागि डिल्लीबजार कारागार पठाइएको सीआईबीले जनाएको छ ।

रावललाई जिल्ला अदालत काठमाण्डौले दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना हुने आदेश दिएको थियो । उच्च अदालत पाटनले समेत आदेश सदर गरेको थियो । त्यसपछि फरार रहेका रावललाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस