माघ ९, काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ताको जिम्मेवारी प्रहरी नायब उपरीक्षक पूर्णिमाकुमारी चन्दलाई दिइएको छ । काठमाडौँ परिसरका वरिष्ठ प्रहरी उपरीक्षक वसन्त रजौरेले कार्यालयद्वारा सम्पादित जनसरोकारका कामकारबाहीलाई सञ्चारमाध्यममा सम्प्रेषण गर्न प्रनाउ चन्दलाई प्रवक्ता तोकिएको जानकारी दिनुभयो ।
यसअघि प्रवक्ता रहेका नवराज अधिकारी एसएसपीमा बढुवा भएर आज बुधबार मात्रै दर्ज्यानी चिन्ह लगाएका थिए। त्यसपछि परिसरको प्रवक्ता खाली भएको थियो। चन्द प्रहरी वृत्त स्वयम्भूमा काम गरेर केही समयअघि मात्रै परिसरमा सरुवा भएकी थिइन्।