• २०८१ फाल्गुन ७ गते बुधवार

जिपको ढोकाबाट खसेर दुई जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ९, डडेल्धुरा । डडेल्धुरामा जिपको ढोकाबाट खसेर दुई जना घाइते भएका छन्। बैतडीबाट डडेल्धुरा तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०४००१ ज ००८ नम्बरको बलेरोजिपको ढोकाबाट खस्दा ५३ वर्षीय गणेश दमाइ र उनका छोरा ५ वर्षीय प्रशान्त दमाइ घाइते भएका जिल्ला पहरी कार्यालय डडेल्धुराले जनाएको छ।

जिप र चालक बैतडीको पाटनका रोशन बोहरालालाइ प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस