• २०८१ फाल्गुन ७ गते बुधवार

दाङमा घरको छतबाट खसेर एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ८, दाङ । दाङमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–७ नवरपुर निवासी अन्दाजी २७ वर्षीय सन्तोष चौधरीको घरको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीका अनुसार तुलसीपुर–४ बनहरीमा रहेको घरको दुई तला माथिबाट खसेर चौधरी गम्भीर घाइते हुनुभएको थियो ।

गम्भीर घाइते चौधरीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्‍याएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस